७ जेष्ठ २०८३, बिहीबार
महानगरीय प्रहरी वृत लैनचौरले ” माक्स वितरण कार्यक्रम तथा कोरोनाविरुद्धको जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ ।
सोर्हखुट्टे चोकमा आयोजना गरिएको उक्त कार्यक्रममा लैनचौर प्रहरी प्रमुख ( प्रहरी नायव उपरीक्षक ) दिपक खडकाको हातबाट माक्स सर्वसाधारणलाई लगाईदिएर कार्यक्रम सुरु भएको हो ।


सामुदायिक प्रहरी साझेदारी अन्तर्गत भएको उक्त कार्यक्रममा प्रहरीहरुद्वारा कोभिडको समयमा अत्यावश्यक काम बाहेक बाहिर हिडडुल नगरौ र गर्नै परे माक्स तथा स्वास्थ्य मापदण्ड अनिवार्य रुपमा पालना गरौ भन्ने मुल नारा रहेको थियो ।
कार्यक्रममा वरिष्ठ समाजसेवी तथा काठमाडौ उपत्यका सरसफाइ महाअभियानका संयोजक प्रकाश कुवर , गणेश मन्दिर टोल सुधार समिती अध्यक्ष आरबी ठकुरी लगायत स्थानिय व्यक्तित्वको उपस्थिती रहेको थियो ।
कार्यक्रमका बारेमा बोल्दै डिएसपी दिपक खडकाले ” कोरोना महामारीबाट बच्नका लागि आवस्यक स्वास्थ्य मापदण्ड पालना गरि कम्तीमा १ मिटरको दुरि कायम गर्न पनि सबैमा अनुरोध गरेका छन ।
करिव २ घण्टा संचालन भएको उक्त सचेतना कार्यक्रममा सामुदायिक प्रहरी साझेदारीका केही प्रहरीहरुले र स्वयंम डिएसपी खडकाले समेत सवारी साधनको अनुगमन गरेका छन । सवार यात्रुलाई माक्स तथा सेनिटाइजर लगाउदै खडकाले अब देखि यात्रा गर्दा अनिवार्य माक्स र सेनिटाइजर साथमा राख्न पनि अनुरोध गर्नुभयो ।