९ मंसिर २०८१, आईतवार
काठमाडौं उपत्यकाकाका तीन जिल्लामा यहि वैशाख १६ गतेदेखि निषेधाज्ञा लगाइने भएको छ ।
काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूबीच आज भएको बैठकले वैशाख १६ गते राति १२ बजेदेखि निषेधाज्ञा लगाउने निर्णय भएको एक अधिकारीले जानकारी दिए ।
बैठकले काठमाडौं उपत्यकामा निजी र सार्वजनिक यातायात बन्द गर्ने , खाद्यपदार्थ र औषधि पसलबाहेकका पसल बन्द गर्नेगरी निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ । होटल तथा रेष्टुरेन्टले पनि टेक अवे सेवा मात्र दिन पाउनेछन् । बैंक र सरकारी कार्यालय भने खुल्नेछन् ।
अत्यावश्यक कामबाहेक निस्कने र स्वास्थ्य मापदण्ड पालना नगर्नेलाई कारबाही गरिने भएको छ ।