७ जेष्ठ २०८३, बिहीबार
नेपालमा थप ३ हजार ५ सय ५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
देशभरका विभिन्न प्रयोगशालामा गरिएको १३ हजार २ सय ९३ नमुना परीक्षणबाट ३५५६ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


काठमाडौँ उपत्यकामा थप १ हजार ९ सय १२ जनामा संक्रमण पुष्टि भएको छ।
काठमाडौँका १५६७, ललितपुरका २२३ तथा भक्तपुरका १२२ जनामा संक्रमण देखिएको हो । सोमबार थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
योसँगै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार १ सय ७६ पुगेको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा थप ३७८ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् ।
हाल देशभर २२ हजार ४ सय ३४ जना सक्रिय संक्रमित रहेका छन्।
गत चौबीस घन्टामा १२ हजार ४ सय पीसीआर तथा ८९३ एन्टिजेन परीक्षण भएको थियो ।
