७ जेष्ठ २०८३, बिहीबार
मोरङको विराटनगर आज विहान दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचाररत मोरङ र झापाका दुई पुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ ।
अस्पतालका अनुसार मोरङको कटहरी गाउँपालिका–२ का ४५ वर्षीय सङ्क्रमित पुरुषको मृत्यु भएको छ । उनको उपचारका क्रममा आज बिहान मृत्यु भएको हो । निमोनियाको पुरानै समस्या रहेका उनलाई कोरोना पुष्टि भएपछि उपचारका लागि वैशाख १२ गते अस्पताल भर्ना गरिएको थियो ।


त्यस्तै झापाको झापा गाउँपालिका–१० का ५५ वर्षीय पुरुषको पनि उपचारकै क्रममा मृत्यु भएको हो । कोरोना सङ्क्रमण पुष्टि भएपछि उनलाई गत सोमबार अस्पताल भर्ना गरिएको थियो । उनमा मधुमेहको समस्या समेत रहेको थियो ।