७ जेष्ठ २०८३, बिहीबार
सवारी चालक अनुमतिपत्र (लाइसेन्स) आवेदनको अनलाईन आबेदन प्रणाली र ट्रायल सेवा बन्द हुने भएको छ ।
वाग्मती प्रदेशको भौतिक विकास मन्त्रालय र यातायात व्यवस्था विभागले एक सूचना जारी गर्दै बैशाख १६ गते अर्थात भोलीबाट दुबै सेवा बन्द हुने जनाएका हुन ।
भोलीबाट बन्द हुन उक्त सेवा अर्काे सूचना जारी नहुँदा सम्म बन्द हुने भएको छ । दोस्रो चरणमा फैलिएको कोरोना भाइरसको नयाँ भेरियन्टलाई ध्यानमा राख्दै दुबै सेवा बन्द गरिएको जनाईएको छ ।


यातायात व्यवस्था विभागका प्रवक्ता डा.लोकनाथ भुषालले विश्वभर फैलिँदै गइरहेको नयाँ भेरियन्टको कोभिड १९ महामारीका कारण १६ गतेदेखि सवारी चालक अनुमतिपत्रको अनलाइन आवेदन प्रणाली बन्द भएको जानकारी दिए ।
वाग्मती प्रदेशको भौतिक विकास मन्त्रालयका प्रवक्ता नवीनकुमार सिंहले काठमाडौं उपत्यकामा लाइसेन्सको ट्रायल सेवा बन्द भएको जनाए । उनका अनुसार काठमाडौं उपत्यकाका तीन जिल्लामा ट्रायल बन्द भएपनि अन्य स्थानमा भने सुचारु हुनेछ ।