७ जेष्ठ २०८३, बिहीबार
नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार ९२८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
देशभरका विभिन्न प्रयोगशालामा १२ हजार ५९७ पीसीआर परीक्षणमा ४ हजार ८३१ जना र ९६३ एन्टिजेन परीक्षणमा ९७ जना गरी ४ हजार ९२८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट थप ३५ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ३२४६ पुगेको छ ।

