जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको हुँदा केही स्थानमा मेघगर्जन तथा चट्याङसहित वर्षाको सम्भावना रहेको जनाएको छ । हिजो पनि संघीय राजधानी काडमाडौं उपत्यकासहित देशका अधिकांश स्थानमा मेघ गर्जनसहित वर्षा भएको थियो ।


हाल देशभर आंशिक देखि सामान्य बदली रही लुम्बिनी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानहरुमा हल्का वर्षा भइरहेको विभागले जनाएको छ । महाशाखाले आइतबारसम्म नै मौसम बदली हुने र वर्षा हुने सम्भावना रहेको जनाएको छ ।




