पूर्वरानी कोमल शाहको प्लाज्मा थेरापीबाट उपचार सुरु

होमल्याण्ड खबर

२०७८ बैशाख १७ गते, शुक्रबार १२:२४ मा प्रकाशित

कोरोना भाइरस संक्रमण पुष्टि भएपछि नर्भिक अस्पतालमा भर्ना भएकी पूर्वरानी कोमल शाहको प्लाज्मा थेरापीबाट उपचार सुरु गरिएको छ ।

उनको हिजो साँझदेखि प्लाज्मा थेरापीबाट उपचार थालिएको अस्पतालले जनाएको छ । श्वासप्रश्वासमा समस्यासँगै अक्सिजनको समेत कमी देखिएपछि उनलाई बुधबार साँझदेखि आईसीयूमा राखेर उपचार थालिएको थियो । अहिले पनि उनलाई हिजोको जस्तै  हाई फ्लो अक्सिजनको सपोर्टमा राखिएको अस्पतालले जनाएको छ ।

कोरोना संक्रमण पुष्टि भएपछि केही दिन होम आइसोलेसनमा बसेका पूर्वराजा, पूर्वरानी र छोरी पूर्वअधिराजकुमारी प्रेरणा शाह वैशाख १ गते शनिबार अस्पतालमा भर्ना भएका थिए ।

पूर्वराजा शाहको अवस्था भने सामान्य र स्थिर छ । उनलाई हाल अक्सिजनकै सामान्य सपोर्टमा राखिएको जनाइएको छ ।

पूर्वअधिराजकुमारी प्रेरणाको अवस्था भने सामान्य रहेको र उनलाई अक्सिजनको सपोर्ट आवश्यक नपरेको अस्पतालले जनाएको छ ।