७ जेष्ठ २०८३, बिहीबार
नेपाली कांग्रेसका प्रवक्ता विश्व प्रकाश शर्मालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
उनले आज सामाजिक सञ्जाल ट्विटरमार्फत आफूलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।


ज्वरो आउने र जीउ दुखाइ बढेपछि आइतबार बेलुकी स्टार अस्पतालमा गएर स्वाबको नमूना परीक्षण गर्दा आफूमा संक्रमण पुष्टि भएको बताएका छन् ।
प्रवक्ता शर्माले संक्रमण पुष्टि भएसँगै अहिले टेकुका डा.बास्तोलाको निर्देशन अनुरूपको औषधि सेवन सुरु गरेको जानकारी गराएका छन् ।
उनले संक्रमणको लक्षणले च्यापेपनि उच्च् मनोबलका साथ अहिले डेरामै आइसोलेसनमा बसेको बताएका छन् । साथै उनले सबैलाई संक्रमणबाट जोगिनका लागि सजग बन्न आग्रह गरेका छन् ।