हन्ड्रेड्स् ग्रूपले गर्याे उपत्यकाका तीनै जिल्लामा निशुल्क भोजन सुरुवात

होमल्याण्ड खबर

२०७८ बैशाख २१ गते, मंगलवार १२:३४ मा प्रकाशित

हन्ड्रेड्स् ग्रूप ले काठमाडौं उपत्यकाका तीनै जिल्लामा निशुल्क भोजन तथा सहायता सेवा सुरुवात गरेकाे छ ।
प्रशासनले लगाएको निशेधाज्ञा को कारण अप्ठ्यारोमा परेका नागरिकलाइ सहायोग निशुल्क खाना वितरण सँगै सहायता गर्न निरन्तर सडकमा खटिएको हन्ड्रेड्स् ग्रूप का संस्थापक बब्लु गुप्ता ले बताए ।
कोरोना भाइरस संक्रमणको दर बढेपछि चेन ब्रेक गर्न भन्दै उपत्यकाका तीन जिल्ला प्रशासन कार्यालयले गत बिहीबारदेखि एकसातासम्म निषेधाज्ञा लगाए थियो ।
दैनिक ज्याला मजदुर गरेर खाने जनता लाई प्रशासनले लगाएको निशेधाज्ञा को कारण एक छाक टार्न पनि कठिनाई भएको गुनासो आएपछि निशुल्क खाना वितरण तथा अप्ठ्यारोमा परेका नागरिक लाई सहायता गर्न थालिएको गुप्ता ले जानाकारी दिए ।
सडकमा सवारी साधन र नागरिकको आवतजावत नघटेको भन्दै प्रशासनले कडाई गरेको छ । त्यस्तै बिनाकाम हिड्ने सर्वसाधारणलाई प्रहरीले होल्डमा राख्ने गरेको छ ।
बब्लुले भने कोहि नेपाली भोकै बस्न नपरोस
भोकमुक्त,नाङ्गोमुक्त, भेदभावमुक्तराष्ट्र,निर्माणमा हामी सधैं कार्यरत हुने छौं
यस अभियान लाई निरन्तरता दिने उनले जानाकारी दिए ।