काठमाडौं, भक्तपुर र ललितपुरका सीडीओको बैठक बस्दै, के गर्दैछ निर्णय ?

होमल्याण्ड खबर

२०७८ बैशाख २१ गते, मंगलवार १२:५३ मा प्रकाशित

कोरोना रोकथाम तथा नियन्त्रणबारे थप निर्णय गर्नका लागि आज मंगलबार उपत्यकाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) हरुको बैठक बस्दैछ ।

बैठकमा पहिलो चरणमा जारी गरिएको निषेधाज्ञाको समीक्षाका साथै कोरोना नियन्त्रणका सम्बन्धमा थप निर्णय लिइने बताइएको छ ।

उपत्यकामा कोरोनाको संक्रमणदर तीव्र बनेपछि गत वैशाख १६ गतेदेखि बुधबार (भोलि) मध्यरातसम्म लागू हुनेगरी निषेधाज्ञा जारी गरिएको छ । आजको बैठकले निषेधाज्ञाको अवधि थप एक साता बढाउने निर्णय गर्ने बताइएको छ ।

त्यसो त निषेधाज्ञाका लागि यसअघि नै मन्त्रिपरिषद् बैठकले दुई साताका लागि निषेधाज्ञा गर्न बाटो खोलिसकेको छ ।

थप गरिने निषेधाज्ञालाई थप कडा र बनाउने तयारी सीडीओहरुको छ ।