अष्ट्रेलियाका लागि नेपाली राजदूतलाई फिर्ता बोलाउने सरकारको निर्णय

होमल्याण्ड खबर

२०७८ बैशाख २१ गते, मंगलवार १४:०२ मा प्रकाशित

सरकारले अष्ट्रेलियाका लागि नेपाली राजदूत महेशराज दाहाललाई फिर्ता बोलाउने निर्णय गरेको छ ।

अष्ट्रेलियाका लागि नेपाली राजदूत दाहालले आइतबार बसेको मन्त्रिपरिषद बैठकले आफूलाई फिर्ता बोलाउने निर्णय गरेको जानकारी आफूलाई गराएको बताए ।

उनले मुख्यसचिव बैरागीले टेलिफोन गरी आफूलाई उक्त जानकारी गराएको बताए ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले दाहाललाई अष्ट्रेलियाका लागि नेपाली राजदूतमा नियुक्त गरेकी थिइन् ।