१२ मंसिर २०८१, बुधबार
विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसले उत्पन्न निषेधाज्ञाकै समयमा सिमेन्टको मूल्यवृद्धि भएको छ । निषेधाज्ञा भएको एक सातामै प्रति बोरा सिमेन्टको मूल्यमा २५ रुपैयाँ वृद्धि भएको हो ।
अहिले सिमेन्ट मात्रै होइन निर्माणजन्य सम्पूर्ण सामग्रीहरुको मूल्य बढेको छ । फलामजन्य निर्माण सामग्री अन्तर्गत विभिन्न साइजका डण्डी, जी आई तार, ग्याल्विन तार, पाइप लगायतका सामग्रीहरुको मूल्यवृद्धि भएको छ भने अन्य खानीजन्य निर्माण सामग्रीको मूल्य पनि अत्याधिक बढेको छ ।