नेपालमा थप ९ हजार ४८३ जनामा संक्रमण, २२५ जनाको मृत्यु

होमल्याण्ड खबर

२०७८ बैशाख २८ गते, मंगलवार १८:०३ मा प्रकाशित

नेपालमा पछिल्लो २४ घण्टामा थप ९ हजार ४८३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

पीसीआर र एन्टिजेन परीक्षणबाट गत २४ घण्टामा थप ९ हजार ४८३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यससँगै कुल संक्रमितको संख्या ३ लाख २८ हजार ८९३ जना पुगेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा थप १२८७ जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या २ लाख ८२ हजार ३८२ जना पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या ४३ हजार २ सय १३ जना रहेको छ ।

२४ घण्टामा थप २२५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या ३ हजार २ सय ९८ जना पुगेको मन्त्रालयले जनाएको छ ।