सानिमा बैंकले घटायो ब्याजदर

होमल्याण्ड खबर

२०७८ बैशाख ३१ गते, शुक्रबार १३:२४ मा प्रकाशित

सानिमा बैंकले निक्षेप खातामा ब्याजदर घटाएको छ । सानिमा बैंकले बचत खातामा जेठ १ गतेदेखि लागु हुनेगरी दिँदै आएको ब्याजदर १.५ प्रतिशत विन्दुले घटाएको हो ।

यसअघि बैंकले सानिमा दीर्घायू बचत, सानिमा सहज बचत, सानिमा मेरो बचत, विशेष तलब बचत र दीर्घायू तलब खाताको ब्याजदर घटाएको हो । बैंकले साधारण निक्षेपमा यसअघि ३.०१ प्रतिशत दिँदै आएको ब्याजदरलाई समेत घटाएर १.५१ मा झारेको छ ।
त्यस्तै, मुद्दती खातामा यसअघि दिँदै आएको ७.५१ ब्याजदर घटाएर ६.०१ प्रतिशतमा झारेको छ । एनआरएनलाई दिँदै आएको विदेशी मुद्रा डिपोजिटको ब्याजदर भने सानिमा बैंकले स्थिर राखेको छ ।