चिनियाँ खोप भेरोसेलको दोस्रो डोज आजदेखि

होमल्याण्ड खबर

२०७८ जेष्ठ २ गते, आईतवार ०८:४९ मा प्रकाशित

कोरोना भाइरसविरुद्धको चिनियाँ खोप भेरोसेलको दोस्रो डोज आज (आइतबार)देखि लगाइँदै छ।

बिहान १० बजेदेखि निर्धारित केन्द्रबाट खोप लगाइने बताइएको छ।  खोप अभियानका लागि काठमाडौं महानगरपालिकाले ३२ वटै वडामा ३२ वटा खोप केन्द्र र समन्वयकर्ताको विवरण सार्वजनिक गर्दै यसअघि पहिलो मात्रा लगाएकालाई दोस्रो मात्राको खोप दिने बताएको हो।

चैत २५ देखि वैशाख १५ गतेसम्म भेरोसेलको पहिलो मात्र लगाएका १८ वर्षदेखि ५९ वर्ष उमेर समूहका नागरिकले आजदेखि खोप लगाउन पाउनेछन्।

खोपका लागि परिचय खुल्ने फोटोसहितको परिचयपत्र तथा पहिलो डोजको खोप लगाएको कार्ड देखाएपछि तोकिएकामध्ये पायक पार्ने खोप केन्द्रमा गएर खोप लगाउन सकिने बताइएको छ।

खोप बिहान १० बजेदेखि साँझ ४ बजसम्म लगाइने छ।