६ जेष्ठ २०८३, बुधबार
प्रधानमन्त्री केपी शर्मा ओलीकै उपस्थितीमा कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को बैठक अहिले बसिरहेको छ । सिंहदरबारमा जारी बैठकले कोभिड–१९ संक्रमणका विषयमा छलफल गरी थप आवश्यक केही निर्णय लिने बताईएको छ ।
ओलीले हिजो साझ मात्रै स्वास्थ्य क्षेत्रका विज्ञ र निजी क्षेत्रका व्यक्तिहरुसँग कोरोनाका विषयमा केन्द्रति रहेर बालुवाटारमा छलफल गरेका थिए ।


सोही छलफलका सुझावलाई समेत समेटेर आजको सिसिएमसीले थप निर्णय लिन सक्ने बताईएको छ ।
कोरोनाले अख्सिजन अभाव हुने, संक्रमितको संख्या बढ्ने र मृतकको संख्या पनि वढन थालेपछि सरकारलाई प्रभावकारी ढंगले कामा जुटन चौतर्फी दवाव वढेको छ ।