आर्थिक अभावले नागरिकको ज्यान जानु हुदैँनः प्रधानमन्त्री ओली

होमल्याण्ड खबर

२०७८ जेष्ठ २ गते, आईतवार १५:२५ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक स्रोतको अभावका कारण कुनै पनि नागरिकको ज्यान जान नहुने बताएका छन् ।

आज प्रधानमन्त्री ओली सहित सिंहदरवारमा बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठक बसेको हो । उक्त बैठकमा बोल्दै ओलीले नागरिकको ज्यान जोगाउनका लागि कुनै कसर बाँकी नराख्न सम्बन्धीत सबैलाई निर्देशन दिएको सरकारका प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले जानकारी दिए ।

आजको सीसीएमसी बैठकले कोरोना माहामारी नियन्त्रणका लागि थप कानुनको जरुरी भएकाले तयारी गर्न सम्बन्धित निकायलाई भनिएको प्रवक्ता ज्ञवालीले जनकारी दिए ।

बैठकले अक्सिजनको उत्पादन बढाउन, विद्युत्को चार्ज छुट दिने निर्णय गर्दै अक्सिजन प्लान्ट, सिलिन्डर र कोरोनाविरुद्धको खोप तत्काल आपूर्तिको व्यवस्था गर्न सम्बन्धित निर्देशन दिएको छ ।

उनले अहिले चीन र ओमानबाट अक्सिजन सिलिन्डर आइरहेको, लिक्विड अक्सिजन आपूर्तिका लागि भारतसँग निरन्तर पहल भइरहेको भन्दै उनले अब अक्सिजनको अभाव नहुने दाबी गरे ।

यसअघि संक्रमण निण्न्त्रणका विषयमा प्रधानमन्त्री ओलीले हिजो स्वास्थ्य क्षेत्रका विज्ञ र निजी क्षेत्रका व्यक्तिहरुसँग छलफल गरेका थिए ।