रिभर दरौदी क्लवद्वारा वडाबासीलाई स्वास्थ्य सामाग्री वितरण

होमल्याण्ड खबर

२०७८ जेष्ठ ५ गते, बुधबार २१:०४ मा प्रकाशित

गाेरखा: कोभिड १९ अर्थात् कोरोना भाइरसको दोश्रो लहर यति बेला बिश्वका सबै देशमा फैलिरहेको छ । पछिल्लो समय यो भाइरस नेपालको सबै जिल्लामा संक्रमण बढ्दो रुपमा छ । यो सङै गोरखा जिल्लामा पनि दिनानुदिन बढी रहेको छ।

भिमसेन थापा गाउपालिका वडा नं १ काे पहिलो सामाजिक क्लब रिभर दरौदी क्लवले कोरोना नियन्त्रण तथा रोकथामका लागि भिमसेन थापा वडा नं १ साविककाे (मसेल ५,६ ) काे वडा भित्र रहेका वडाबासीहरूलाई स्वास्थ्य सामाग्री माक्स,साबुन,सेनेटाइजर, थर्ममिटर लगाएतका अत्यावश्यक सामाग्री हस्तान्तरण गरेको छ । आफ्नो वडा भित्रका सम्पुर्ण नागरिकलाई सुरक्षित राख्नु आफूहरुको दायित्व रहेको उक्त क्लवका सचिब उमेश वस्तीले जानकारी दिनु भयो।

वडाबासीहरु सबैको घरमा स्वास्थ्य सामाग्री पुगोस् भन्ने उद्देश्यले  आफूहरुले वडासँग समन्वय गरि सबैकाे घरमा पुगि सामान हस्तान्तरण गरेकाे साेही क्लबकाे काेषाध्यक्ष जमुना बगालेेेेले बताउनु भयाे । स्वास्थ्य  सामाग्री जुटाउनकाे लागि सहयाेग गर्नु हुने सम्पुर्ण सहयोगी मनहरूलाई  उहाँहरूकाे व्यक्तिगत र संस्था दुबैकाे तर्फबाट सम्मान व्यक्त गर्नु भएकाे छ ।                                                                             स्वास्थ्य सामाग्री हस्तान्तरणका केही तस्बिर: