९ मंसिर २०८१, आईतवार
स्वीडेन विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । स्वीट्जरल्यान्डलाई १–० गोलअन्तरले पराजित गर्दै स्वीडेन अन्तिम आठमा प्रवेश गरेको हो ।
स्वीडेनका लागि इमिल फोर्सबर्गले गरेको एक मात्र गोल जितको आधार बनेको हो । उनी नायक बन्दा स्वीडेन क्वाटरफाइनलमा प्रवेश गर्यो ।
खेलको ६६औं मिनेटमा स्वीडेनका फोर्सबर्गले गोल गर्दै अग्रता दिलाएका थिए । उनकै उत्कृष्ट गोलमा स्वीडेनले स्वीट्जरल्यान्डविरुद्ध १–० गोलको अग्रता बनाएको थियो । खेल अवधिभर बल आफ्नो नियन्त्रणमा राखेपनि स्वीट्जरल्यान्ड पराजित हुन पुग्यो ।
स्वीट्जरल्यान्डले दोस्रो हाफमा गोल गर्ने राम्रो अवसर खेर फालेको थियो । स्वीट्जरल्यान्डले दोस्रो हाफमा एकपछि अर्को प्रहार गरेपनि गोल गर्न भने सकेन ।
यसअघि पहिलो हाफमा दुबै टिमले गोलरहित बराबरी खेलेका थिए । पहिलो हाफमा बल नियन्त्रणमा राखेपनि स्वीट्जरल्यान्डले गोल गर्न भने सकेन । स्वीट्जरल्यान्डले एकपछि अर्को गोल गर्ने अवसर खेर फालेको थियो ।
स्वीट्जरल्यान्डलाई पराजित गर्दै स्वीडेन विश्वकप फुटबलको अन्तिम आठमा प्रवेश गरेको छ । पराजित स्वीट्जरल्यान्ड भने विश्वकप फुटबलबाट बाहिरिएको छ ।