९ मंसिर २०८१, आईतवार
पोर्चुगिच स्टार फूटबलर क्रिस्टियानो रोनाल्डो स्पेनिस जाइन्ट रियल मड्रिड छाडेर युभेन्टस जाने सम्भावना बढेको छ ।
एक स्पेनिस टेलिभिजनले रोनाल्डोका लागि युभेन्टसले दिएको करीब सय मिलियन युरोको प्रस्ताव रियल मड्रिडले स्वीकारेको समाचार प्रकाशन गरेको छ ।
पछिल्लो समय रियल मड्रिडमा सन्तुष्ट नरहेका रोनाल्डो पनि इटालीयन च्याम्पियन युभेन्टस जान सकारात्मक रहेको पोर्चुगिच सञ्चार माध्यहरूले जनाएका छन् ।
लियोनल मेस्सीलाई दिँदै आएको बराबरको सेवा सुविधा दिनुपर्ने आफ्नो माग नसुनेपछि रोनाल्डो रियलसँग असन्तुष्ट रहेको चर्चा छ ।
कसले गर्ला प्रतिस्थापन ?
रोनाल्डोको बहिर्गमनको चर्चासँगै रियलमा उनलाई कसले प्रतिस्थापन गर्छ भन्ने चर्चा शुरु भएको छ ।
अध्यक्ष फ्लोरेन्टिनो पेरेज पीएसजीका ब्राजिलियन स्टार नेयमारलाई जसरी पनि क्लबमा भित्र्याउने रणनीतिमा छन् । तर नयाँ प्रशिक्षक जुलेन लोपेटेगुइ भने नेयमारका टीममेट एवं फ्रेन्च स्टार किलियन एमबाप्पेलाई अनुबन्धित गर्ने रणनीतिमा रहेको चर्चा छ ।