थप ९३ जनाको मृत्यु, ७ हजार ९ सय १४ संक्रमित थपिए

होमल्याण्ड खबर

२०७८ जेष्ठ ९ गते, आईतवार १७:२० मा प्रकाशित

नेपालमा पछिल्लो २४ घण्टामा ७ हजार ९ सय १४ जनामा संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा १८ हजार ९ सय ६५ पीसीआर टेष्ट गर्दा ७ हजार ५ सय ९८ र ९ सय ३१ एन्टिजेन टेष्ट गर्दा ३१६ जना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १ सय ९३ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ७ हजार ६ सय ६४ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।