६ जेष्ठ २०८३, बुधबार
त्रिभुवन विश्वविद्यालयले वैकल्पिक विधिबाट परीक्षा लिनका लागि आवश्यक व्यवस्था मिलाउन सम्बन्धित सबै निकायलाई अनुरोध गरेको छ।
त्रिवि उपकुलपति प्राध्यापक डा. धर्मकान्त बास्कोटाले मंगलवार एक विज्ञप्ति जारी गर्दै रोकिएका सबै परीक्षालाई वैकल्पिक विधिबाट लिन आग्रह गरेका छन् ।


विज्ञप्तिमा उपकुलपति डा. बास्कोटाले वैकल्पिक विधिबाट सुचारु भइरहेका कक्षालाई निरन्तरता दिन, सञ्चालन हुन बाँकी भएका कक्षा सुचारु गर्न र सम्पर्कमा नभएका विद्यार्थीलाई तत्काल आ-आफ्ना विभाग, क्याम्पस, स्कुल तथा डिन कार्याालयको सम्पर्कमा आउन समेत आग्रह गरेका छन् ।