६ जेष्ठ २०८३, बुधबार
शिक्षा मन्त्रालयले माध्यमिक शिक्षा परीक्षा (एसईई) आन्तरिक मूल्यांकन विधि अनुसार गराउने प्रस्ताव मन्त्रिपरिषदमा लैजाने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रालयको बैठकले एसईई परीक्षाको आन्तरिक मूल्यांकन विधि अनुसार गराउने प्रस्ताव मन्त्रिपरिषदमा पठाउने निर्णय गरेको शिक्षामन्त्रीका प्रेस संयोजक ईश्वरराज ढकालले जानकारी दिए ।
‘मन्त्रालयको बैठकले आन्तरिक मूल्यांकन विधि अर्थात् गत वर्षकै विधि अनुरुप गराउने प्रस्ताव मन्त्रिपरिषदलाई पठाउने निर्णय गरेको छ,’ उनले भने । राष्ट्रिय परीक्षा बोर्डले एसईई परीक्षा वैकल्पिक विधिबाट सञ्चालन गर्न आइतबार शिक्षा मन्त्रालयसँग अनुमति मागेको थियो ।


समितिले बुझाएको विद्यार्थीको प्राप्ताङ्कको आधारमा बोर्डले परीक्षाफल तयार गरी प्रमाणपत्र जारी गरेको थियो ।