मर्जर हुने वित्तिय संस्थाले राष्ट्र बैंकको पत्र पाउने

होमल्याण्ड खबर

२०७८ जेष्ठ १८ गते, मंगलवार १२:५० मा प्रकाशित

मर्जर प्रक्रिया अगाडी बढाएका ४ वटा वित्तय संस्थाले नेपाल राष्ट्र बैंकबाट पत्र पाउने भएका छन् ।

हिमालयन बैंक र इन्भेष्टमेन्ट बैंक तथा नवील बैंक र यूनाइटेड फाइनान्सबीचको जारी मर्जर प्रक्रियालाई राष्ट्र बैंकले लेटर अफ इन्ट्रेस्ट (एलओआई) दिने निर्णय गरेको हो ।

नेपाल राष्ट्र बैंकको आज मंगलबार विहान बसेको बोर्ड बैठकले हिमालयन बैंक र इन्भेष्टमेन्ट बैंक तथा नवील बैंक र यूनाइटेड फाइनान्सलाई मर्जरका लागि एलओआई दिने निर्णय गरेको हो ।

एलओआई पाएपछि अब यी संस्थालाई मर्जर प्रक्रिया तीव्र गतिमा अगाडि बढाउन सहज हुने राष्ट्र बैंकले जनाएको छ ।

  1. हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकबीच बैशाख ३० गते मर्जर सम्झौता गरेको थियो । त्यस्तै, नबिल बैंकले यूनाइटेड फाइनान्सलाई प्राप्ति गर्ने गरी बैशाख १७ गते सम्झौता गरेको थियो ।