६ जेष्ठ २०८३, बुधबार
काठमाडौं उपत्यकामा फेरि निषेधाज्ञा थप गर्ने तयारी भएको छ । निषेधाज्ञा थप गर्ने निर्णयका लागि आज काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्दैछ ।
तीनवटै जिल्लाका प्रमुखहरुको हिजो बसेको भर्चुअल बैठकले निषेधाज्ञाको समय थप्दै केही खुकुलो बनाउने निष्कर्ष निकालेको थियो । सोही निष्कर्षलाई आधिकारिकता दिन आज बैठक बस्न लागेको हो ।


बैशाख १६ देखि जारी निषेधाज्ञामा अघिल्लो हप्ता खाद्यान्न र किराना पसलसमेत बन्द गरि कडा बनाइएको थियो ।
अबको निषेधाज्ञामा खाद्यान्न, किराना पसल, डिपार्टमेन्ट सटोर विहान ९ बजेसम्म खोल्न दिने तयारी गरिएको छ ।
यसअघि तोकिएको निषेधाज्ञाको अवधि भोलि मध्यरातिबाट सकिँदै छ ।