१० मंसिर २०८१, सोमबार
एजेन्सी : लियोनेल मेस्सी बार्सिलोनासँग नयाँ करार सम्झौता निकट रहेको स्पेनिस पत्रिका एएसले जनाएको छ । ३३ वर्षीयले मेस्सीले बार्सिलोनासँग थप दुई वर्षको करार सम्झौता गर्ने बताइएको हो । गत सिजन क्याम्प नाउ छाड्ने मनसायमा पुगेका मेस्सी र क्लबबीच सम्बन्ध पछिल्लो समय सुधारिएको कारण उनी बार्सिलोनामा नै रहन चाहेको समाचारमा उल्लेख छ ।
आफ्नो निकटस्थ सर्जियो अगुएरोको क्लबमा आगमनले पनि मेस्सीलाई क्लबमा राख्न सहयोग पुगेको आँकलन गरिएको छ । क्लबका पूर्व अध्यक्ष जोसेप मारिया बार्टोमेउसँग मेस्सीको सम्बन्ध चिसिएको थियो तर नयाँ अध्यक्ष जोआन लापोर्टासँग भने मेस्सीको सम्बन्ध राम्रो रहेको बताइएको छ ।