६ जेष्ठ २०८३, बुधबार
सरकारले चीनबाट ल्याएको कोभिड १९ विरुद्धको १० लाख भेरोसेल खोप जेष्ठ २५ गतेदेखि दिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उक्त खोप ६०देखि ६४ वर्ष उमेर समुहका लागि दिने जनाएको छ । यसअघि सो खोप १८ देखि ५९ बर्ष उमेर समूहकालाई मात्रै दिईएको थियो ।
पछिल्लो पटक विश्व स्वास्थ्य संगठनले भेरोसेल खोप ६० बर्ष माथि उमेर समूहलाई पनि दिन सकिने निर्णय गरेपछि आफूहरुले पनि सो निर्णय गरेको स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका निर्देशक डा तानाराथ पोखरेलले जानकारी दिए ।


६० देखि ६४ बर्ष उमेर समुहलाई खोप दिने गरी समुदायस्तरमा खोप गएको छैन् । यो उमेर समूहमा साढे आठ लाख नागरिक रहेका छन् ।