६ जेष्ठ २०८३, बुधबार
यतिबेला कोभिड -१९ को दोस्रो महामारी नेपाल लगायत छिमेकी मलुक भारत साथै अन्य विभिन्न देशहरूमा नयाँ भेरियेन्टको रूपमा उच्चदरमा फैलिरहेकाे छ । जसले गर्दा नयाँ सक्रिय संक्रमित संख्या थपिएसंगै मृत्युदर समेत ह्वात्तै बढाएको छ।
यसै महामारीलाई मध्ये नजर गर्दै हाल हङकङमा रहनु भएका नेपालीले स्थापना गरेकाे मिक्स यन्ड् म्याच् हङकङ नामक संस्थाद्वारा बुढानिलकण्ठमा रहेकाे बाल अपांग टेवा संस्थालाई सहयाेग गरेका छन् । कर्मथलाे हङकङ भएपनि आफ्नो जन्मभुमि दुखमा पर्दा त्यस दुखबाट आफुहरू अलग हुन नसकेको संस्थाका अध्यक्ष दिन नाथ बगालेले बताए । मिक्स यन्ड् म्याच् हङकङ संस्थाले यस भन्दा अघि भुकम्प पीडित, बाढीपहिरोले अति जाेखिममा परेका परिवार लगायत अन्य विभिन्न सामाजिक उत्तरदायित्वकाे काम गर्दै आएकाे छ ।


काेराेना महामारीसंगै निषेधाज्ञाकाे मार खाेपि रहेका बालबालिकालाई आफ्नाे सानाे सहयाेगले ठुलाे राहत मिल्ने उनीहरू बताउँछन् । मिक्स यन्ड् म्याच् हङकङ संस्थामा जम्मा भएको रकम १,३०,०००/- मध्ये नेपालकाे चर्चित कार्यक्रम इन्द्रेणी मार्फत १,२०,०००/- बाल अपांग टेवा संस्थालाई र १० हजार रकम इन्द्रेणी कार्यक्रमलाई हस्तान्तरण गरेका छन् ।