९ मंसिर २०८१, आईतवार
नेपाल राष्ट्र बैंकले मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । बैंकले १ अर्ब ७८ करोड रुपैयाँ बराबरको रकम बैंक तथा वित्तीय संस्थामा एकवर्षे मुद्दती निक्षेपमा लगानी गर्न लागेको जनाएको छ ।
बैंकको अनुसार २०७८ असार १ गतेदेखि राष्ट्र बैंकको उपदान तथा पेन्सन जस्ता कोषमा रहेको उक्त रकम २०७९ असार १ गतेसम्मको लागि मुद्दती निक्षेपमा लगानी गर्न लागेको हो । जसमध्ये बैंकले १ अर्ब ४२ करोड ४० लाख रुपैयाँ वाणिज्य बैंकको मुद्दतीमा र २६ करोड ७० लाख रुपैयाँ विकास बैंकमा र ८ करोड ९० लाख रुपैयाँ बराबरको रकम वित्त कम्पनीहरूमा लगानी गर्ने भएको छ ।