थप ३३८४ जनामा संक्रमण पुष्टि, ६१ जनाको मृत्यु

होमल्याण्ड खबर

२०७८ जेष्ठ २९ गते, शनिबार १६:३० मा प्रकाशित

पछिल्लो २४ घण्टामा देशभर थप ३३८४ जनामा संक्रमण पुष्टि भएको छ । ८५०६ जनाको पीसीआर परीक्षण गर्दा २३८२ जना र ५९८८ जनाको एन्टिजेन परीक्षण गर्दा १००२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यही अवधिमा थप ६२९५ जना संक्रमणमुक्त बनेका छन् भने थप ६१ जनाको मृत्यु भएको छ ।