थप २ हजार ४०७ जनालाई कोरोना, ३ हजार ९९४ संक्रमणमुक्त

होमल्याण्ड खबर

२०७८ जेष्ठ ३० गते, आईतवार १७:१३ मा प्रकाशित

नेपालमा थप २ हजार ४०७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर विधिबाट १ हजार ६९४ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै एन्टिजेन विधिबाट ७१३ संक्रमित पाइएका हुन्।

यो अवधिमा तीन हजार ९९४ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार ४६ जनाको मृत्यु भएको छ ।