६ जेष्ठ २०८३, बुधबार
राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापा पदमुक्त भएका छन् । सर्वोच्च अदालतको आदेशसँगै उनी पदमुक्त भएका हुन् ।
सर्वोच्च न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासले थापालाई उनको पार्टी राष्ट्रिय जनमोर्चाले गरेको निष्कासनको कारबाही कानुन बमोजिम नै रहेको ठहर गरेको हो ।


सर्वोच्च अदालतले यसअघि दिएको अन्तरिम आदेश खारेज गरेपछि थापालाई पार्टीले पदमुक्त गर्ने भनी गरेको निर्णय सदर भएको छ ।

