१० मंसिर २०८१, सोमबार
युरोकप फुटबलमा आज मंगलबार दुई खेल हुने भएको छ । गत शुक्रबारदेखि सुरु भएको खेलमा आज दुई खेल हुने भएको हो ।
युरोकपमा आज समूह ‘एफ’को दुई खेल हुने भएको हो । पहिलो खेलमा पोर्चुगल र हंगेरीबीच राति ९ः४५ बजेदेखि खेल सुरु हुने भएको हो । खेल पुस्कास एरिना स्टेडियममा हुनेछ ।
यस्तै, दोस्रो खेलमा विश्व विजेता फ्रान्सले जर्मनीको सामना गर्ने भएको छ । यो खेल जर्मनीको म्युनिखस्थित एलिनाज स्टेडियममा हुनेछ । खेल राति १२ः४५ बजेदेखि सुरु हुनेछ ।
फ्रान्स र जर्मनीबीच अहिलेसम्म ६ पटक प्रतिस्पर्धा भएको छ । जसमा दुवै टोलीले २ २ खेल जितेका छन् भने दुई खेल बराबरीमा रोकिएको थियो । एजेन्सी