६ जेष्ठ २०८३, बुधबार
काठमाडौं । बीपी स्टडी युथ सर्कलले बाल गृहलाई खाद्यन्न हस्तान्तरण गरेको छ ।
बानेश्वर संगम चोकमा रहेको नयाँ नेपाल समाज केन्द्र नामक बालगृहलाई सर्कलले १० बोरो चामल, १० किलो दाल १० लिटर तेल लगाएतका खाध्यन्न गृहमा पुगी हस्तान्तरण गरेको हो ।


गृहका संचालक कृषण राज गुरुगंले कोरोनाका कारण गृहलाई परेको कठिनाईमा हातेमालो गरेकोमा युथ सर्कलको टिमलाई धन्यवाद दिएका छन् ।
१२ बर्ष अघि सुरु भएको उक्त गृहले सयौं बालबालिकालाई आश्रय दिइसकेको छ । देशका बिभिन्न जिल्लाका बालबालिका यो गृहमा बस्दै आएका छन । हाल ५५ जना बालबालिका यो गृहमा छन भने शान्ता माया गुरुगं र कृषण गुरुग बालबालिकाको हेरचाहमा खटिदै आइरहेका छन । गुरुगं दम्पतिले संचालन गर्दै आएको गृहमा अन्य ६ जना सहगोगीहरु पनि छन् ।
खाद्यन्न हस्तान्तरण गर्दै कांग्रेस नेता भुपेन्द्र जङ शाही,अध्यक्ष ऋषि कोइरला,सुमन गिरी र नुवाकोट अध्यक्ष सुवाश कटटेले अभियानमा थप सहकार्य गर्न आफूहरु प्रतिवद्ध रहेको जनाएका छन् ।