मेलम्चीमा बाढी पहिरो : स्थानीयवासीको भागदौड, विस्तृत जानकारी आउन बाँकी

होमल्याण्ड खबर

२०७८ असार १ गते, मंगलवार २२:२६ मा प्रकाशित

मेलम्ची नगरपालिका हेलम्बु–१ स्थित नाकोटे मंगलबार राति पहिरो गएको छ । साे पहिरोले मेलम्चीको खोला थुनिएपछि स्थानीयवासीहरु भागाभाग भएका छन् । बेलुकी साढे ६ बजे ठूलो पहिरो गएको बताइएको छ । आज नै मेलम्ची आयोजनाको सुरुङको पानी खोलामा छोडिएकोले उर्लेर आएको पहिरोले के कति धन जनको क्षति भयो विस्तृत जानकारी आइसकेको छैन ।

साथै, पहिरोले मेलम्चीको आयोजनाको सुरुङमा क्षति पुगे÷नपुगेको पनि एकिन हुन सकेको छैन ।

राति पहिरो आएकोले प्रहरीलाई खबर गर्न पनि नसकिएको बताइएको छ । पहिरोका कारण स्थानीयहरु कता कता भागे भनेर यकिन गर्न पनि गाह्रा भइरहेको छ ।