६ जेष्ठ २०८३, बुधबार
अविरल वर्षापछि विभिन्न नदीमा आएको बाढीले सिन्धुपाल्चोकमा ठूलो क्षति पुर्याएको छ ।
बाढीले मेलम्ची खानेपानीको ड्याम भत्काएको छ । तिम्बु बजार, चनौटे बजार, तालामाराङ बजार, मेलम्ची बजार, क्षतबिक्षत बनाएको स्वास्थ्य मन्त्री समेत रहेका सिन्धुपाल्चोकका सांसद शेरबहादुर तामाङले उल्लेख गरेका छन् ।


यसैगरी नाकोते पूल, तिम्बु पूल, फट्टे पूल, मेलम्ची पूल, बाहुनेपाटी पूल, ढाँडखोला पूल बगाएको छ ।
बाढीका कारण नदी किनाराका भौतिक संरचना भत्किंदा अर्बौं रुपैयाको क्षति भएको छ । यो प्राकृतिक बिपत्तिमा सबैलाई संयमता पूर्वक उद्दार र राहातमा जुट्न मज्न्त्री तामाङले अपील पनि गरेका छन् ।
बाढीले क्षति पुर्याएको बस्तीमा सरकारले आजै टेण्ट र खाध्यान्न उपलब्ध गराउने पनि उनले बताए । मन्त्री तामाङले स्थानीय जनतामा जसको घर बगाएको छ उनीहरुलाई घर हुनेहरुले आश्रय दिन पनि अपिल गरेका छन् । उनले अन्तरास्ट्रिय समुदायलाई यो बिपत्तिमा साथ दिन भनेका छन् । खोलाको बहाव बढिरहेकाले सप्तकोसीसम्मका बासिन्दाहरुलाई सचेत र सुरक्षित रहन मन्त्री तामाङले भनेका छन् । मानवीय क्षतिको भने अझै यकिन विवरण सार्वजनिक भएको छैन ।