पूर्वप्रधानमन्त्री खनाललाई उपचारका लागि दिल्ली लगिँदै

होमल्याण्ड खबर

२०७८ असार २ गते, बुधबार १०:३१ मा प्रकाशित

पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाललाई थप उपचारका लागि भारतको नयाँदिल्ली लगिने भएको छ ।

दुई दिनअघि कमजोर महसुस भएपछि काठमाडौँको थापाथलिस्थित नर्भिक अस्पतालमा भर्ना भएका खनाललाई चिकित्सकको सल्लाहअनुसार आज दिउँसो साढे १२ बजे दिल्ली लैजान लागिएको खनालको सचिवालयले जनाएको छ ।

खनालको उपचार नयाँदिल्लीस्थित एपोलो अस्पतालमा हुने जनाइएको छ ।

पूर्वप्रधानमन्त्री खनाललाई ४–५ दिनदेखि ज्वरो र रगतमा हेमोग्लोविनको मात्रा कम भएपछि जेठ ३१ गते अस्पताल भर्ना गरिएको थियो ।

खनाललाई यसअघि कोरोना संक्रमण भएको थियो । कोरोना मुक्त भएपछि उनी घरमै आराम गरिरहेका बेला फेरि अस्वस्थ भएका हुन् ।