६ जेष्ठ २०८३, बुधबार
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विपद् व्यवस्थापनमा जुट्न प्रदेशका सम्पूर्ण तहलाई निर्देशन दिएका छन् । देशभर मनसुन भित्रिएसँगै अत्यधिक वर्षाका कारण पहाडी इलाकामा बस्तीहरु खोलाको किनार, बगर र गहिरो ठाउँमा भएको भन्दै उनले ती बस्तीका नागरिकलाई मनसुन नसकिने बेलासम्म सुरक्षित ठाउँमा बस्न आग्रहसमेत गरेका छन् ।
अत्यावश्यक सामान खरिद गर्नका लागि विपद् कोषमा तत्काल १० करोड रुपैयाँ निकासा गर्ने र सडक अवरुद्ध हुने अवस्थालाई ख्याल गर्दै निश्चित क्षेत्रमा डोजर तयारी अवस्थामा राख्ने गरी काम गर्न मुख्यमन्त्री शाहीले निर्देशन दिएका छन् ।

