१० मंसिर २०८१, सोमबार
युरोकप फुटबलको समूह चरणको दोस्रो खेलमा रुस विजयी भएको छ । सेन्ट पिटर्सवर्ग रंगशालामा बुधबार भएको खेलमा फिनल्याण्डलाई १–० गोलले हराउँदै रुसले पहिलो जित निकालेको हो ।
रुसका लागि एलेक्सी मिरानचुकले एक गोल गरेका थिए । पहिलो हाफको इन्जुरी समयमा मिरानचुकले गरेको गोल नै रुसको जितका लागि निर्णायक बनेको थियो ।
यसअघिको पहिलो खेलमा रुस बेल्जियमसँग ३–० गोलले पराजित भएको थियो भने फिनल्याण्डले डेनमार्कलाई १–० गोलले हराएको थियो ।