पछिल्लाे २४ घण्टामा थप २,७६८ जनामा कोरोना पुष्टि

होमल्याण्ड खबर

२०७८ असार ४ गते, शुक्रबार १७:०९ मा प्रकाशित

पछिल्लो २४ घण्टामा २ हजार ७६८ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ५६९ जनाको पीसीआर परीक्षण १ हजार ९६३ जना र ५ हजार ४६८ एन्टिजेन परीक्षण गर्दा ८०५ जना गरी जम्मा २ हजार ७६८ जनामा कोरोना पुष्टि भएको छ ।
सोही अवधिमा ४ हजार २० जना कोरोना निको भएका छन् । सोही अवधिमा ४४ जनाको मृत्यु भएका छन् ।