१० मंसिर २०८१, सोमबार
युरोकप फुटबलमा जर्मनीले सानदार जित निकालेको छ । शनिबार राति म्युनिखस्थित एलिनाज रंगशालामा भएको खेलमा साविक विजेता पोर्चुगललाई ४–२ गोलले हराउँदै जर्मनीले सानदार जित निकालेको हो ।
जर्मनीका लागि काइ हाभर्टेज र रोबिन गोसेन्सले एक–एक गोल गरेका थिए । दुई गोल भने पोर्चुगलबाट आत्मघाती स्वरुप प्राप्त भएको थियो । यस्तै पोर्चुगलका लागि क्रिस्टियानो रोनाल्डो र डिएगो जोटाले एक–एक गोल फर्काएका थिए ।
त्यसपछि ३९औँ मिनेटमा पोर्चुगलकै राफायल गुइरेरोले आत्मघाती गोल गरेपछि जर्मनी २–१ गोलले अगाडि बढ्यो ।
पहिलो हाफ २–१ गोलमा सकिएको खेलमा दोस्रो हाफको ५१औँ मिनेटमा जर्मनका हाभर्टेजले गोल गर्दै टोलीलाई ३–१ गोलले अगाडि बढाए । यस्तै ६०औँ मिनेटमा गोसेन्सले गोल गरेपछि जर्मनीले ४–१ गोलले अग्रता लियो ।
त्यसपछि ६७औँ मिनेटमा पोर्चुगलका जोटाले गोल गर्दै खेललाई ४–२ गोलको अवस्थामा ल्याए । त्यसपछि दुवै समूहबाट थप गोल हुन नसक्दा जर्मनी ४–२ गोलले विजयी भयो ।
यो जितसँगै समूह ‘एफ’ को जर्मनी दुई खेलबाट ३ अंकका साथ समूह तालिकाको दोस्रो स्थानमा रहेको छ । पहिलो खेलमा जर्मनी फ्रान्ससँग पराजित भएको थियो यस्तै ३ अंक नै भएको पोर्चुगल गोल अन्तरका आधारमा तेस्रो स्थानमा छ । फ्रान्स ४ अंकका साथ शीर्ष स्थानमा छ ।