थप २४२१ जनामा कोरोना पुष्टि : ८१ जनाको मृत्यु

होमल्याण्ड खबर

२०७८ असार ९ गते, बुधबार १६:५२ मा प्रकाशित

नेपालमा थप २ हजार ४२१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको ७ हजार ४६१ जनाको पीसीआर परीक्षणबाट १ हजार ५११ र ४ हजार ९५३ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ९१० जना गरी  २ हजार ४२१   जना कोरोना संक्रमित थपिएका हुन् ।

पछिल्लो २४ घण्टामा थप ८१ जना कोरोना संक्रमितको ज्यान गएको छ ।

देशभरका विभिन्न अस्पतालबाट ३ हजार ५५८ जना कोरोना संक्रमित निको भएर घर फर्किएको मन्त्रालयले जनाएको छ ।