थप २०१६ जनामा कोरोना संक्रमण, ४९१४ जना संक्रमणमुक्त

होमल्याण्ड खबर

२०७८ असार १२ गते, शनिबार १७:३९ मा प्रकाशित

नेपालमा पछिल्लो चौबीस घन्टामा थप २ हजार १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। शनिबार देशभर ३० जना संक्रमितको मृत्यु भएको छ। यससँगै हालसम्म मृत्यु हुनेको संख्या ८ हजार ९ सय ७५ पुगेको छ। यस्तै गत चौबीस घन्टामा ४ हजार ९ सय १४ संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन्।

देशभर हालसम्म ४२ हजार २४ सक्रिय संक्रमित रहेका छन्।शनिबार ४ हजार ७ सय ४ जनाको पीसीआर तथा ४ हजार ८ सय ६ जनाको एन्टिजेन विधिबाट परीक्षण भएको हो।