जीवन विकास लघुवित्तको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

होमल्याण्ड खबर

२०७८ असार १५ गते, मंगलवार १२:५७ मा प्रकाशित

जीवन विकास लघुवित्तको आइपीओमा आवेदन दिने आज अन्तिम दिन हो । लगानीकर्ताले आज कार्यालय समयभित्र आवेदन दिइसक्नुपर्नेछ । लघुवित्तले शुक्रबार प्रतिकित्ता १०० अंकित मूल्यका १९ लाख ७७ हजार ३०० कित्ता आइपीओ बिक्री खुला गरेको हो ।

यसमध्ये लघुवित्तले ३० हजार ४२० कित्ता अर्थात जारी पूँजीको ५ प्रतिशत सेयर कर्मचारीहरुका लागि र कुल निष्काशनको ५ प्रतिशत अर्थात ९८ हजार ८६५ कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याएको छ।

सर्वसाधारणले बाँकी १८ लाख ४८ हजार १५ कित्ताका छुट्याइएको छ । इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा १ हजार कित्तासम्मका लागि  आवेदन दिन सक्नेछन् ।

सोमबार बेलुका पाँच बजेसम्म कम्पनीको आइपीओमा १८ लाख ४० हजार ३७ जना आवेदकबाट २ करोड ७८ लाख २६ हजार ३५० कित्ता सेयर खरिदको लागि आवेदन परेको बिक्री प्रबन्धक एनएमबि क्यापिटलले जनाएको छ । यो हालसम्मकै उच्च आवेदन हो ।