१० मंसिर २०८१, सोमबार
एजेन्सी : युरोकप फुटबलको अन्तिम १६ का खेलहरु सकिएका छन् । अब क्वाटरफाइनल खेलहरु शुक्रबारबाट सुरु हुनेछन् । कुन खेल कहाँ र कतिबेला सुरु हुँदैछन् त ?
क्वाटरफाइनल तालिका
सेमिफाइनलमा को–को भिड्नेछन् ?
२२ असार मंगलबार (नेपाली समयअनुसार मध्यराति १२ः४५) मा पहिलो सेमिफाइनल लण्डनको बिम्बली रंगशालामा हुनेछ । बेल्जियम र इटलीबीचको खेलको विजेताले यस खेलमा स्विडेन र स्विचरल्यान्ड र स्पेनबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।
२३ असार बुधबार, (नेपाली समयअनुसार मध्यराती १२ः४५) मा दोस्रो सेमिफाइनल लण्डनको बिम्बलीमै हुनेछ । यस सेमिफाइनलमा चेक गणतन्त्र र डेनमार्कबीचको विजेताले इङल्यान्ड र युक्रेनबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।
फाइनल खेल कहिले र कहाँ ?
सेमिफाइनलपछि तीन दिन आरामको समय दिइएको छ । २७ असार, आइतबार फाइनल खेल लण्डनको बिम्बलीमै हुनेछ । नेपाली समयअनुसार मध्यराति १२ः४५ मा हुने यस खेलले नै प्रतियोगिताको उपाधि विजेताको टुंगो लगाउनेछ ।