थप २९७९ जना कोरोनामा कोरोना पुष्टि, २८ जनाको मृत्यु

होमल्याण्ड खबर

२०७८ असार २३ गते, बुधबार १७:५२ मा प्रकाशित

नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ९ सय ७९ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार ७ हजार ८ सय ३५ पीसीआर परीक्षणबाट २ हजार ७७ जना र ४ हजार ६३ एन्टिजेन परीक्षणबाट ९ सय २ जनामा संक्रमण पुष्टि भएको हो।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २८ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यस्तै बुधबार थप १३ सय ३३ जना कोरोना संक्रमणमुक्त भएका छन्।