१० मंसिर २०८१, सोमबार
अर्जेन्टिनाले कोपा अमेरिका फुटबलको उपाधि जितेको छ । आइतबार बिहान भएको फाइनलमा आयोजक ब्राजिललाई १-० गोल अन्तरले पराजित गर्दै अर्जेन्टिनाले उपाधि जितेको हो । माराकाना स्टेडियममा अर्जेन्टिनालाई उपाधि दिलाउन एन्जल डी मारियाले निर्णायक गोल गरे ।उनले खेलको २२ औं मिनेटमा गोल गर्दै टिमलाई जित दिलाए । डी मारियाले डे पाउलको पासमा गोल गरेका हुन् ।
यता, ब्राजिलको पटक पटकको आक्रमण अर्जेन्टिनाका गोलकिपर बाधक बनेका थिए । जसको कारण ब्राजिल उपाधि घरमा राख्न असफल भएको छ ।
यससँगै कप्तान लियोनल मेस्सीले अर्जेन्टिनाका लागि पहिलो अन्तराष्ट्रिय उपाधि जित्न सफल भएका छन् । सन् १९९३ पछि अर्थात २८ वर्षपछि अर्जेन्टिनाले पहिलो पटक उपाधि जितेको हो ।