मौद्रिक नीति सार्वजानिक हुदै

होमल्याण्ड खबर

२०७५ असार २७ गते, बुधबार ०७:५१ मा प्रकाशित

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७५र७६ को मौद्रिक नीति सार्वजानिक गरिदैछ । सरकारले बजेटमा लिएका लक्ष्यहरुलाई सघाउने गरी मौद्रिक नीति प्रस्तुत गरिएको छ । आर्थिक वर्ष २०७५र७६ का लागि विनियोजित बजेटका लक्ष्यलाई सार्थक बनाउने बलियो आधार लिएर आज नयाँ मौद्रिक नीति सार्वजनिक हुँदैछ ।

राष्ट्र बैंकले विनियोजित बजेट, वर्तमान वित्तीय अवस्था र चालू आवको मौद्रिक नीति कार्यान्वयनको सकारात्मक तथा नकारात्मक अवस्थाको विश्लेषणका आधारमा आगामी आवका लागि मौद्रिक नीति सार्वजनिक गर्न लागेको हो । नेपाल राष्ट्र बैंकले आज अपराह्न आगामी आवका लागि नयाँ मौद्रिक नीति सार्वजनिक गर्न लागेको राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलले जानकारी दिए ।

आगामी आवको बजेटले ८ प्रतिशतको महत्वकांक्षी आर्थिक वृद्धिदर एवं ६।५ प्रतिशतको मुद्रास्फ्रिति दर कायम गर्ने लक्ष्य राखेको छ । यी लक्ष्यलाई मौद्रिक नीतिले सम्बोधन गर्ने विश्वास लिइएको छ । ‘सरकारको लक्ष्यलाई सफल बनाउनका लागि सघाउने गरी मौद्रिक नीति तयार पारिएको छ,’ गर्भनर डा. नेपालले भने । बजेटले ८ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य लिएको छ । त्यसलाई सघाउन राष्ट्र बैंकले मुद्रा प्रदायलाई बढाउने नीति लिएको छ । मुद्रास्फितिलाई ६ प्रतिशतमा राख्ने राष्ट्र बैंकको लक्ष्य छ ।

डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीका अनुसार, राष्ट्र बैंकले वित्तीय क्षेत्रको स्थायित्वका लागि केही नीतिगत व्यवस्था गरेको छ । ‘वित्तीय स्थायित्वका लागि केही कदम चालेका छौं, मूलत मौद्रिक नीतिले उत्पादनशील क्षेत्रको कर्जा प्रवाहलाई जोड दिएको छ,’ शिवाकोटीले भने ।

तरलतामा केही सहजता होस् भनेर राष्ट्र बैंकले अनिवार्य नगद मौजात (सीआरआर) केही घटाएको छ । त्यस्तै, ब्याजदरमा स्थिरता कायम गर्न पनि मौद्रिक नीतिले सम्बोधन गरेको छ । बैंक तथा वित्तीय संस्थाहरुको एउटै संस्थागत निक्षेपकर्ताप्रतिको निर्भरता घटाउन मौद्रिक नीतिले सम्बोधन गरेको छ । अहिले बैंकहरुले कूल निक्षेपको ४५ प्रतिशत संस्थागत निक्षेप लिन पाउँछन् । त्यसको २० प्रतिशत एउटै निक्षेपकर्ताबाट लिन पाउँछन् । राष्ट्र बैंकले यसरी एउटै संस्थाबाट ५ प्रतिशतभन्दा बढी निक्षेप लिन नपाइने व्यवस्था गरेको स्रोतको दाबी छ । गभर्नर डा. चिरञ्जीबी नेपालले र्या्डिशन होटलबाट मौद्रिक नीति सार्वजानिक गर्दैछन् ।