५ जेष्ठ २०८३, मंगलवार
नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ३ सय ९८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अुनसार ७ हजार ५८ पीसीआर परीक्षणबाट १ हजार ६ सय ३९ र ३ हजार ९ सय ५४ एन्टिजेन परीक्षणबाट ७ सय ५९ जनामा संक्रमण पुष्टि भएको हो।
यस्तै पछिल्लो २४ घण्टामा थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै नेपालमा कोरोनाबाट हालसम्म ज्यान गुमाउनेको संख्या ९ हजार ४ सय १२ पुगेको छ।

